चितवन । नेपालमा बिभिन्न बहानामा बर्षेनी हजारौ हजार युवाहरु बिदेश पलान भईरहेका छन। यसलाई बिदेशी मोह भनौ या बाध्यता ? सबैले आ–आफ्नै परिभाषा देलान त्यसैले म यही हो भनेर ठोकुवा गर्न पनि सक्दिन र यस बिषयमा बहस पनि गर्न चाहन्न तर जे होस आजको दिनमा ७०/८० लाख नेपालीहरु संसार भर छरिएर रहेको आकडा नेपाल सरकार र संसारकै ठुलो नेपालीहरुको संस्था एनआरएनएले बताउदै आएका छन।

यसरी बिदेशीने क्रममा आज भन्दा १६ बर्ष पहिला चीन पुगेका चितवनका नबिन बि.क सुरुका दिनमा धेरै संघर्ष गरे पनी पछिल्ला दिनहरुमा सफलताको शिखर चुम्दै गए, कडा मेहनत र ईमान्दारीतालाई सफलताको श्रेय दिने नबिन चीनको गोन्जाउ शहरमा लामो समय देखी आयात निर्यातको ब्यापार गर्छन। उनले हाम्रो दैनिक जीबनमा आवश्यक पर्ने चीजहरु देखी कुनै पनी उधोग स्थापना गर्नु परेमा, उधोगलाई चाहिने यन्त्रहरु देखी त्यसलाई चाहिने कच्चा पदार्थहरु समेत निर्यात गरि दिने गर्दछन। उनले एशियाका बिभिन्न मुलुक देखी युरोप र अमेरीका सम्म सामानहरु निर्यात गर्ने गर्दछन।

उनले ब्यापार मात्रै फस्टाएनन, ब्यापारसंग संगै एनआरएनए चीनको स्थपना काल सन २००७ देखिनै एनआरएनमा लागेर बिभिन्न सामजिक कार्यमा सहभागी हुदै गए। गोन्जाउमा महाबाणिज्य दुतावास नहुदा, एक अघोषीत दुतको रुपमा धेरै नेपालीहरुलाई सहयोग र उद्वार गरेको समेत सस्मरण गराए। हसिला मुहारका धनी,मिजासिला र साथीभाई भनेसी भुतुक्कै हुने बानिले नबिनलाई एनआरएनको संजालले अन्तराष्ट्रिय स्तरमा पनी धेरै साथिभाई संग नजिक बनाईदियो।

अंक गणितमा हिसाब गर्दा महिनामै कयौ मिलिएन डलरको कारोबार गर्ने नबिन, २०१९ मा चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ ले चिकित्सा (मेडीकल) सामाग्रीको ब्यापार गर्ने बाहेकका ब्यापारीहरुलाई तहननहस नै पारिदियो। जताततै बन्दाबन्दि (लकडाउन), कलकारखानाहरु बन्द, मान्छेमा जुन किसिमको कोराना आतंक फैलिरहेको थियो त्यसले ब्यापार खस्किनु स्वभाबिक नै थियो। त्यो बेलामा बाच्नु नै ठुलो कुरा थियो। धेरै ब्यापारीहरुलाई प्रत्यक्ष असर कोरोनाले पारेको थियो। अझै पनी चीनमा ब्यापारीहरुलाई चीन प्रबेश सहज छैन। प्रवेश आज्ञा (भिषा)पाउन र चीन जानलाई चीन सरकारको अनेक मापदण्ड पुरा गरेर मात्र जान पाईन्छ। यस्तो बेलामा सबैको ब्यापार खस्किनु पनि स्वाभाबिक नै हो ।

जस्तो सुकै अवस्थाको पनी डटेर सामना गर्ने बानी भएका नबिन,अमेरिकामा कोरोना चरम उत्कर्षमा पुगेको बेलामा पनि चीनमा लामो समय बसेर प्राप्त गरेको अनुभबलाई अमेरीकामा नगदमा बदल्ने दाउ गरेर अफिस श्रीमती र कर्मचारीलाई छोडेर चीनबाट अमेरिका हानिए। अमेरिकामा २–४ महिना त यहाको बजार र ब्यापारको अनुसन्धान र खोजीमै बिताए। त्यसपछि उनले बोस्टनमा एकजना नजिकको साथीले गरिरहेको घुम्ती यन्त्र (मोबाईल)को ब्यापारमा राम्रो भएको देखे पछि, चीनबाट घुम्ती यन्त्रका सहायक सामग्री(मोबाईलका एक्सेसरीज)हरु र चश्माहरु ल्याएर सस्तोमा बेच्दा राम्रो फाईदा हुने देखे पछि त्यही ब्यबसायमा हातहाल्ने निर्णय गरे।

नया ठाउ नया परिबेशमा सुन्नाबाट सुरु गर्दा निकै गार्हो हुने बताउने नबिन, व्यापार शुरु गरेको पहिलो महिना देखीनै नाफामा जानुको श्रेय बोस्टन निवासी तिनै मित्र श्री लामिछानेलाई दिन कन्जुस्याई गरेनन र भन्छन श्री को साथ र सहयोग नभईदिएको भए अझै उनी के ब्यापर गर्ने भनेर अल्मलिई रहेका हुने थिए । बोस्टनमा घर खरिदबिक्रि (रियल स्टेट), रेष्टुरेन्ट(चमेनागृह )तथा घुम्ती यन्त्र (मोबाईल फोन)को ब्यापारमा जमेका श्रीले पनि नबिनलाई मन खोलेर साथ दिए।

बाल्टीमोरलाई कर्मथलो बनाएका नबिनले अहिले चीनबाट घुम्ती यन्त्र (मोबाईल )लाई चाहिने सरसमान र चश्माहरु ल्याएर थोक (होलसेल) तथा खुद्रा ब्यापार गरिरहेका छन। उनी कहा रिफर्बिस्ड आईफोन र स्यामसुङका फोन(भ्रमण ध्वनि यन्त्र )हरु सस्तोमा ग्यारेन्टी (प्रत्याभूति )सहित पाईन्छ ।

नगद तिर्न नसके पनि ५ हजार डलर सम्म उधारो पनि दिने गरेका छन। बर्ष दिनमा आरामले तिरे पनि हुन्छ। उनी भन्छन यो त एक सुरुवात मात्रै हो, बिस्तारै यसरी नै अमेरिकामा अरु धेरै नेपाली दाजुभाईहरुलाई समेटेर बिभिन्न ठाउमा शाखाहरु थप्दै जाने र रियल स्टेट(घर खरिद बिक्रि कारोवार) को व्यापारमा पनि हातहाल्ने भाबि योजनाहरु सुनाए।

चीन देखि आएर अमेरिकामा पनि नया ब्यापार सुरुगरेका नबिन बिकलाई चीनमा मिले जस्तै सफलता मिलोस ! र अरु नेपाली युवाहरुको प्रेरणाको स्रोत बन्न सकुन ।

हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस !