महेन्द्रनगर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् ।

बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन् ।

स्थानीय पद्म सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !