विराटनगर ।  प्रदेश नम्बर १ मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सभाबाट आज विश्वासको मत लिने कार्यक्रम छ ।

५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई नेतृत्वमा कार्तिक १६ गते प्रदेश १ मा सरकार गठन भएको थियो । सरकार गठन भएको ३० दिनमा सदनबाट विश्वासको मत लिने व्यवस्था अनुसार प्रदेश सरकारले आज विश्वासको मत लिन लागेको हो ।

९२ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न ४७ जना सांसदहरु आवश्यक पर्दछ । सो गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १४, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक जना गरी ४९ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !