चितवन । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण चितवनसहित देशभरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । विशेषगरी लामो दूरीबाट यात्रा गरेर चितवन आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट चितवन आइपुगेका यात्रु चितवनका विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी र मोटरसाइकल भने सामान्य रुपमा चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !