चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा सुर्यभक्त अधिकारी चयन भएका छन । कमिटीको उपाध्यक्षमा खोमबहादुर गुरुङ,दुर्गा पन्त र भक्तबहादुर तमाङ, सचिबमा नन्दलाल लामिछाने र कोषाध्यक्षमा प्रेमनाथ अधिकारी सहितको कमिटी चयन भएका हुन । आज आयोजित संगठनको दोस्रो अधिवेशनमा कालिका नगरपालिकाका उत्कृष्ट बिधालय, उत्कृष्ट शिक्षक तथा निबृत शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन कालिका अध्यक्ष सुर्यभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, एमाले कालिकाका इन्चार्ज तथा महाधिवेशन प्रतिनिधि टीकाराज रिजाल, एमाले कालिका अध्यक्ष केशव लामा लगायतले मन्तव्य राखेका थिए । संगठनका सचिव खोमबहादुर गुरुङले संचालक गरेको कार्यक्रममा उपाध्यक्ष दिनेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस !