काठमाडौं । राष्ट्रीय प्रजातन्त्र पार्टी बागमती प्रदेश अध्यक्षमा बिक्रमबहादुर थापा सर्बसम्मत चयन हुनुभएको छ । काठमाडौंमा हिजो सम्पन्न प्रदेश अधिवेशनले पुर्व मन्त्री थापाको अध्यक्षतामा ३४ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको हो । सो प्रदेश समितिमा चितवनका माधव भट्टराई, ज्ञानुजंग लामा चयन हुनुभएको छ । दिपेन्द्र रेग्मी, लक्ष्मी देशार, गोमा पौडेल पनि प्रदेश समितिमा चयन हुनु भएको छ ।
काठमाडौं जिल्ला समिति अध्यक्ष नवराज सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपाका अध्यक्ष पशुपति शम्शेर जवरा, अतिथि बागमति प्रदेश साम्सद रिना गुरूङ, रिता माझि लगायतले मन्तव्य राख्नु भएको थियो । बागमति प्रदेश भित्रका १३ वटा जिल्लाका जिल्ला कार्यसमिति अध्यक्षहरू तथा प्रदेश प्रतिनिधि सदस्यहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !