चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आज सोमबार दुई पुरुषको बेवारिसे शव फेला पारेको छ । गोन्द्राङनजिकै टिकौली जंगलमा एक पुरुषको र चितवन मेडिकल कलेज अगाडिको एक होटलको पेटीमा अर्का एक पुरुषको शव फेला परेको प्रहरीको जनकारी दिएको छ ।

टिकौली जंगलमा अन्दाजी ६० वर्षका पुरुषको र होटलको पेटीमा अन्दाजी ४० वर्षका  पुरुषको शव भेटिएको हो। होटलको पेटीमा  भेटिएका पुरुषको शव अगाडि पुराना प्लास्टिकको बोरा भेटिएको थियो । दुवै शवको सनाखत नभएको र अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !