चितवन । कालिका नगरपालिका- ६ स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नव निर्वाचित समितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ । संस्थाको १४ औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट निर्वाचित समितीलाई आइतबार पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।

निर्वाचन समितिका संयोजक द्रोण प्रसाद लामिछानेले नव निर्वाचित अध्यक्ष ओम प्रसाद लामिछाने,उपाध्यक्ष दिपक लामिछाने,सचिव लालु प्रसाद दाहाल,कोषाध्यक्ष कविता न्यौपाने, सदस्यहरु शिशिर सिंखडा ,खेमलाल अधिकारी,टंक वहादुर थापा,मेघ प्रसाद पन्त,गोमा आचार्य घिमिरे,कृष्ण प्रसाद भट्ट र चन्द्र प्रसाद लामिछानेलाई सपथ ग्रहण गराएका हुन् । त्यस्तै लेखा समिति सदस्य मा निर्वाचित होम प्रसाद भट्ट र बुद्धि बोम्जनलाई पनि निर्वाचन समिति संयोजक लामिछानेले सपथ ग्रहण गराइएका छन् ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथी रहेका कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले नब निर्वाचित समितिलाई बधाई दिदै आगामी दिनमा संस्थालाई एकतावद्ध वनाएर अगाडी वढाउन आग्रह गरे । उनले संस्थामा आवद्ध सवैको भावना र विचारलाई समेटेमा मात्र संस्था अगाडी वढ्ने भएकोले नव निर्वाचित समितिलाई सवैको भावना र विचार समेटेर लैजान सुझाव दिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष ओम प्रसाद लामिछानेले आफ्नो योग्यता र क्षमताले भ्याएसम्म संस्थालाई योगदान दिने प्रतिवद्धता ब्यक्त गरे ।

उनले शेयर सदस्यको हितका लागि काम गर्ने भन्दै दिर्घकालिन योजना साथ अघि वढ्ने जानकारी दिए । लामिछानेले आफ्नो कार्यकालमा संस्थालाई कालिका नगर बाहीर पनि विस्तार गर्न प्रयास गर्ने भन्दै नगर बाहीर सेवा विस्तार गर्न सवैको साथ र सहयोग हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष विनोद रेग्मी,वडा नम्बर ३ का वडाध्यक्ष टिकाराज रिजाल, संस्थाका संस्थापक अध्यक्ष श्यामन्तकमणि लामिछाने,संस्थाका निवर्तमान अध्यक्ष शितलकाजी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

निर्वाचन समितिका संयोजक द्रोण प्रसाद लामिछाको सभापतित्वमा भएको कार्यक्रम निर्वाचन समितीका सदस्य केशब लामाले संचालन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस !