चितवन । पुर्वी चितवनको कालिका-६, कमलचोकमा ४ करोड ५८ लाखको लगानीमा बाैद्ध गुम्बा निर्माण हुने भएको छ । ढोकुन थर्वालिङ्ग गुम्बामा नयाँ गुम्बा भवन, बिधालय भवन र आवास तथा ब्यापारिक भवन बन्न लागेको ढोकुन थर्वालिङ्ग गुम्बाका अध्यक्ष कमलकुमार लामाले जानकारी दिनुभयो । सो गुम्बामा  निर्माण सम्पन्न पछी नेपाल सरकारको बाैद्ध बिश्व बिधालय अन्तर्गत लामा भाषाको १२ कक्षा सम्म निशुल्क अध्यापन गराईने छ । सो गुम्बामा १ सय लामा बिद्यार्थीहरुले अध्ययन गर्नेछ्न । सो गुम्बाको शनिबार कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठले शिलान्यास गरेका थिए । सो गुम्बा निर्माणका लागि नेपाल सरकार पर्यटन तथा संस्कृती मन्त्रालयको ६५ प्रतिशत र कालिका नगरपालिकाले ३५ प्रतिशतको साझेदारीमा २ बर्षमा निर्माण सम्पन्न हुने छ ।
चितवन । पुर्वी चितवनको कालिका-६, कमलचोकमा ४ करोड ५८ लाखको लगानीमा बाैद्ध गुम्बा निर्माण हुने भएको छ । ढोकुन थर्वालिङ्ग गुम्बामा नयाँ गुम्बा भवन, बिधालय भवन र आवास तथा ब्यापारिक भवन बन्न लागेको ढोकुन थर्वालिङ्ग गुम्बाका अध्यक्ष कमलकुमार लामाले जानकारी दिनुभयो । सो गुम्बामा  निर्माण सम्पन्न पछी नेपाल सरकारको बाैद्ध बिश्व बिधालय अन्तर्गत लामा भाषाको १२ कक्षा सम्म निशुल्क अध्यापन गराईने छ । सो गुम्बामा १ सय लामा बिद्यार्थीहरुले अध्ययन गर्नेछ्न । सो गुम्बाको शनिबार कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठले शिलान्यास गरेका थिए । कार्यक्रममा गुम्बाका प्रमुख लामा धर्म गुरु फुर्वाघ्याचो लामा, लामा गुरु मोति लामा, पेमा लामा, सल्लाहकार केदारमान वाईवा लगायतको उपस्थिति रहेको थियो । सो गुम्बा निर्माणका लागि नेपाल सरकार पर्यटन तथा संस्कृती मन्त्रालयको ६५ प्रतिशत र कालिका नगरपालिकाले ३५ प्रतिशतको साझेदारीमा २ बर्षमा निर्माण सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस !