रोल्पा । रोल्पाको घर्ती गाउँमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।
रोल्पाको घर्ती गाउँ बजार नजिकै आज बिहान करिब साढे १० बजेको समयमा रा१ज ३८२ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ हान्डिङ गाउँबाट यात्रु लिएर घर्ती गाउँ बजार जाँदै गरेको जीप घर्तिगाउ बजार नजिकै सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला रहेका छन् । मृतकको सनाखत भने भएको छैन ।

त्यस्तै, दुर्घटनामा घाइते भएका तीन जना महिलाको उद्धार गरी घर्तिगाउँ स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात् दुई जनालाई थप उपचारको लागि रोल्पा अस्पताल पठाइएको र एक जनाको घर्तिगाउँ स्वास्थ्य चौकीमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !