चितवन । पुर्वी चितवनको कालिका-६ स्थित खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा ओमप्रसाद लामिछानेको प्यानल नै अगाडि रहेको छ । ७ सय मतगणनामा लामिछानेले ३२४ मत र हरिप्रसाद भण्डारीले २९६ मत प्राप्त गरेका थिए । लामिछाने नेतृत्वको प्यानलबाट उपाध्यक्षमा दिपक लामिछानेले ३७४, सचिवमा लालुप्रसाद दाहालले ३४९, कोषाध्यक्षमा कविता न्यौपानेले ३२७ मत प्राप्त गरेका छन।

सोही प्यानलबाट संचालक समिति सदस्यहरुमा गोमा आचार्य घिमिरे ३१४ , खेमलाल अधिकारी ३१७, शिशिर सिंखडा ३८० , नरवहादुर जिसी २८७, कृष्ण प्रसाद भट्ट ३०९, चन्द्र प्रसाद लामिछाने २८८ र मेघराज पन्तले ३१० मत प्राप्त गरेका छन ।  लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णुमणि लामिछाने ३३२  सदस्यहरुमा होमप्रसाद भट्ट ३१५ र वुद्धि बोम्जनले २९८ मत पाएका छन । भण्डारी प्यानलबाट उपाध्यक्षमा भिमप्रसाद खनाल २४२, सचिवमा विद्याधर वास्तोला २७२, कोषाध्यक्षमा जितेन्द्र वाग्ले २६९ तथा संचालक सदस्यमा विन्दा कुमारी खनाल २५५, पुरुषोतम कडेंल २१७, टंक वहादुर थापा ३१२, शर्मिला लामिछाने सिंखडा २४८, जयलाल कडेंल २२९, किशोर अधिकारी २५० र गणेशप्रसाद रेग्मीले २३५ मत पाएका छन् ।

सो समुहबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा रामकृष्ण लम्साल २३५ तथा सदस्यहरुमा युवराज खतिवडा २६३ र कृष्णराज लामिछानेले २२५ मत पाएका छन् । बिहिवार भएको मतदानमा लामिछाने प्यानललाई एमाले- माओवादी प्यानलको समर्थन र भण्डारी प्यानललाई काङ्ग्रेस- समाजबादीको समर्थन रहेको छ । मतदानमा १३ सय ६३ मत खसेको निर्वाचन समिति संयोजक द्रोणप्रसाद लामिछानेले जानकारी दिए। सो सहकारीमा १६ सय ६७ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !