
चितवन । पुर्वी चितवनको कालिका-६ स्थित खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा ओमप्रसाद लामिछानेको प्यानल नै अगाडि रहेको छ । १ सय मतगणनामा लामिछानेले ४९ मत र हरिप्रसाद भण्डारीले ४४ मत प्राप्त गरेका थिए । लामिछाने नेतृत्वको प्यानलबाट उपाध्यक्षमा दिपक लामिछानेले ५९, सचिवमा लालुप्रसाद दाहालले ५२, कोषाध्यक्षमा कविता न्यौपानेले ४९ मत प्राप्त गरेका छन।
सो समुहबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा रामकृष्ण लम्साल २९ तथा सदस्यहरुमा युवराज खतिवडा ३६ र कृष्णराज लामिछानेले २९ मत पाएका छन् । बिहिवार भएको मतदानमा लामिछाने प्यानललाई एमाले- माओवादी प्यानलको समर्थन र भण्डारी प्यानललाई काङ्ग्रेस- समाजबादीको समर्थन रहेको छ । मतदानमा १३ सय ६३ मत खसेको निर्वाचन समिति संयोजक द्रोणप्रसाद लामिछानेले जानकारी दिए। सो सहकारीमा १६ सय ६७ जना मतदाता रहेका थिए ।