चितवन । पुर्वी चितवनको कालिका-६ स्थित खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ । विहान पौने ९ बजेबाट सुरु भएको मतदानमा १३ सय ६३ मत खसेको निर्वाचन समिति संयोजक द्रोणप्रसाद लामिछानेले जानकारी दिए। सो सहकारीमा १६ सय ६७ जना मतदाता रहेका थिए । मतगणना आजै साँझ ६ बजे बाट शुरु हुँदै छ । सहकारीको नयाँ कार्यसमितिका लागि दुई प्यानल चुनाबी मैदानमा होमिएका थिए । एमाले माओवादी गठबन्धनबाट अध्यक्ष पदमा ओमप्रसाद लामिछाने र नेपाली काँग्रेस तथा एकीकृत समाजबादी गठबन्धनबाट हरिप्रसाद भण्डारी बीच प्रतिस्पर्धा छ । लामिछाने नेतृत्वको प्यानलबाट उपाध्यक्षमा दिपक लामिछाने, सचिवमा लालुप्रसाद दाहाल, कोषाध्यक्षमा कविता न्यौपानेले उम्मेदवारी दिएका थिए।

सोही प्यानलबाट संचालक समिति सदस्यहरुमा गोमा आचार्य घिमिरे, खेमलाल अधिकारी, शिशिर सिंखडा, नरवहादुर जिसी, कृष्ण प्रसाद भट्ट, नन्द प्रसाद लामिछाने र मेघराज पन्तको उम्मेदवारी रहेको छ । लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णुमणि लामिछाने तथा सदस्यहरुमा होमप्रसाद भट्ट र वुद्धि बोम्जनले उम्मेदवारी दिएका छन । भण्डारी प्यानलबाट उपाध्यक्षमा भिमप्रसाद खनाल, सचिवमा विद्याधर वास्तोला, कोषाध्यक्षमा जितेन्द्र वाग्ले तथा संचालक सदस्यमा विन्दा कुमारी खनाल, पुरुषोतम कडेंल, टंक वहादुर थापा, शर्मिला लामिछाने सिंखडा, जयलाल कडेंल, किशोर अधिकारी र गणेशप्रसाद रेग्मीले उम्मेदवारी दिएका छन् ।

सो समुहबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा रामकृष्ण लम्साल तथा सदस्यहरुमा युवराज खतिवडा र कृष्णराज लामिछानेले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !