चितवन । नेकपा एमालेका शीर्षस्थ नेताहरु आज बिहीबार चितवन आएका छन् । महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न नेताहरु चितवन आएका हुन् । पार्टीका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका नेता चितवन आएका हुन् ।

उनीहरुले एमालेको महाधिवेशन स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका छन् । आजै महाधिवेशनको बन्दसत्र हुने सौराहमा पनि स्थलगत अवलोकन र छलफल गर्ने कार्यक्रम तय गरिएको छ । सञ्चारकर्मीहरु सँग कुरा गर्दै महासचिव इश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए । उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !