चितवन । पुर्वी चितवनको कालिका-६ स्थित खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी छ । विहान पौने ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया अन्तर्गत अहिले सम्म ५ सय मत खसेको निर्वाचन समिति संयोजक द्रोणप्रसाद लामिछानेले जानकारी दिए।

सो सहकारीको नयाँ कार्यसमितिका लागि दुई प्यानल चुनाबी मैदानमा होमिएका छन् । एमाले माओवादी गठबन्धनबाट अध्यक्ष पदमा ओमप्रसाद लामिछाने र नेपाली काँग्रेस तथा एकीकृत समाजबादी गठबन्धनबाट हरिप्रसाद भण्डारी बीच प्रतिस्पर्धा चलिरहेको छ । लामिछाने नेतृत्वको प्यानलबाट उपाध्यक्षमा दिपक लामिछाने, सचिवमा लालुप्रसाद दाहाल, कोषाध्यक्षमा कविता न्यौपानेले उम्मेदवारी दिएका छन् ।

सोही प्यानलबाट संचालक समिति सदस्यहरुमा गोमा आचार्य घिमिरे, खेमलाल अधिकारी, शिशिर सिंखडा, नरवहादुर जिसी,कृष्ण प्रसाद भट्ट, नन्द प्रसाद लामिछाने र मेघराज पन्तको उम्मेदवारी रहेको छ । लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णुमणि लामिछाने तथा सदस्यहरुमा होमप्रसाद भट्ट र वुद्धि बोम्जनले उम्मेदवारी दिएका छन ।

भण्डारी प्यानलबाट उपाध्यक्षमा भिमप्रसाद खनाल, सचिवमा विद्याधर वास्तोला, कोषाध्यक्षमा जितेन्द्र वाग्ले तथा संचालक सदस्यमा विन्दा कुमारी खनाल, पुरुषोतम कडेंल, टंक वहादुर थापा, शर्मिला लामिछाने सिंखडा, जयलाल कडेंल, किशोर अधिकारी र गणेशप्रसाद रेग्मीले उम्मेदवारी दिएका छन् ।

सो समुहबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा रामकृष्ण लम्साल तथा सदस्यहरुमा युवराज खतिवडा र कृष्णराज लामिछानेले उम्मेदवारी दिएका छन् । सहकारीका १ हजार ६ सय ६७ जना शेयर सदस्यले मतदान पक्रियामा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !