काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाउनुभएको छ ।

पार्टीको १४ औं महाधिवेशनलगायतका विषयमा बैठक केन्द्रित रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !