चितवन । बाबू स्व.कृष्णबहादुर नेपाल र आमा टीकाकुमारी नेपालको कोखबाट आज भन्दा ४२ बर्ष अघि चितवनको रत्ननगर स्थित डुम्रीचोकमा जन्मिएका दिपकबाबू नेपाल आफ्ना बाबुका प्रभाबले बाल्यकालदेखि नै सामाजिक कार्यमा सक्रीय रहदै आएका छन । बिगत १३ बर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा स-परिवार जापनमा रहनु भएका दीपक नेपालले आफ्नो मातृभुमी नेपालमा रहेका गरिब दुखी, पिडित, रोगी एबं असहायहरुलाई विभिन्न किसिमको सहयोग गर्नुका साथै भुकम्पले क्षती पुर्याएको बिधालय भवन बनाउने, मानसिक रोगिहरुको उपचार खर्च जुटाउनेदेखि चेपाङ भवन बनाउनका लागि ठूलो सहयोग पुर्याउनु भएको छ ।       जब मानिसहरू देश छाडेर रोजगारीको लागि सात समुन्द्रपारी बिदेश पुग्छ त्यति बेला झन धेरै आफ्नो माटोको, आमाको जन्मभुमिको अगाध माया उम्लिएर आउने बताउछन दीपक । त्यसैले पनि आजसम्म स्वदेशको लागि जे जति गर्न सकेको छु म संतुष्ट छु भन्छन दीपक । चितवनका पत्रकारहरु चलाएको अभियान हामिले नगरे कसले गर्ने भन्ने संस्थाको लागि जापान प्रतिनिधि भएर काम गरिरहनु भएको छ । सो संस्थाले २०७२ सालको भुकम्पले भत्काएको राप्ती १३ स्थित आधारभुत बिधालय, दुम्बाङ,स्याम्राङको भवन पुननिर्माण गर्ने क्रममा दीपक नेपालले जापानमा अभियान चलाएर रु. ५ लाख २७ हजार जुटाएर सहयोग गर्नु भएको थियो । त्यस्तै गरि खोलेसिमलका मायादेबि भट्टराईको सबै परिवारका मानसिक सन्तुलन गुमेकोमा उनिहरुको उपचारका लागि पनि अभियान चलाएर रकम जुटाई उपचार गराउनु भएको थियो । चितवनको रत्ननगर- ११, मंगलपुरमा रहेको गामबेशिको चेपाङ संरक्षण केन्द्र जसले बिहान बेलुकाको छाक टार्न जंगली कन्दमुलको भरपर्नु पर्ने, गरिबीको रेखा मुनि परेका अति सीमान्तकृत जाती चेपाङ समुदायका १७० जना चेपाङ बालबालिकाहरुलाई निशुल्क रुपमा आबसिय सुबिधा सहित पढाइरहेको छ । सो संस्थाको भवन बनाउने बेलामा जापानमा रहेका सहृदयी नेपालीहरु माझ अभियान चलाएर भवनको जग बसाई दिनु भएको हो । त्यसपछि पनि सो संस्थाका बालबालिकाहरुलाई दैनिक पालनपोषण गर्नको लागि बिगत लामो समय देखि निरन्तर रुपमा अभियान चलाउदै अबिछिन्न सहयोग पुर्याइरहनु भएको छ । संरक्षण केन्द्रको दीगो आयस्रोत केही नहुदा केन्द्रमा सधै खाद्यान्न अभाब भैरहने हुदा दीपक नेपाल जस्ता र दीपक नेपाललाई बिश्वास गर्नु हुने जापानमा रहनुहुने संपूर्ण भगवान रुपि मनहरुकै कारण अहिलेसम्म चेपाङ संरक्षण केन्द्रले ५ जना स्टाफ नर्स, ३ जना ३ बर्षे भेटेरिनरी जेटिए, ३ जना एच.ए, ६ जना सिएमए, १ जना चेपाङ जातिको पहिलो सिभिल इन्जिनियर पढाउन सफल भएको छ । केही रोजगारीमा गैसकेका छन भने कोहि जाने क्रममा छन । जापानमा होस या नेपालका विभिन्न ठाउँमा दीपक नेपालले सामजिक उन्नयनको क्षेत्रमा जे जति योगदान पुर्याउनु भएको छ त्यसको श्रेय जापानमा रहनु भएका नेपालीहरुलाई पनि स्वत: जान्छ नै । दीपक नेपालले अभियान चलाएर लाखौ संकलन गरि रत्ननगरको टाँडीमा बनेको तेक्वान्दो डोजाङको नव निर्मित भवन हेर्दा सबै नेपालीहरुलाई गर्बको महसुस हुन्छ । दीपक नेपाल एस्तो एकजना कर्मठ एबं सज्जन ब्यक्ती हुनुहुन्छ जो आफू र आफ्नो परिवारको लागि मात्र होइन संपुर्ण देशको निम्ति बाचिरहेको छ र सत्कर्म गरिरहेको छ । संस्कृतमा एउटा उक्ति छ । परोपकाराय: पुन्याय: पापाय पर पिडनम ! सत्कर्मस्य कुरु गच्छती गच्छती दीपक ! पदे पदे कुरु सत्कर्माणी देबत्वाम सर्पपापोन्मो मोक्षती मासय ।

प्रतिक्रिया दिनुहोस !