चितवन । तिहार नजिकिएसंगै इच्छाकामना २ का ४५ घर परिवार चेपाङहरुलाई खाद्यान्न सहयोग गरिएको छ । वडानं २ को ठाडोखोला र तोलाङ आसपासका चेपाङहरुलाई स्विजरल्याण्डमा बसोबास गर्नुहुने धन अधिकारीको आर्थिक सहयोगमा गामबेशिको चेपाङ संरक्षण केन्द्रले कार्यक्रमको सहजीकरण गरेको थियो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष केपिकिरण शर्मा र धन अधिकारीको उपस्तिथिमा सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा प्रती परिवार ३० केजि का दुइदुइ बोरा चामल र नुन बितरण गरिएको थियो । संरक्षण केन्द्रले विभिन्न ब्यक्ती तथा संघ संस्थाहरुसंग सहकार्य गर्दै कोरोना कालदेखि हालसम्म झण्डै तीनहजार बोरा भन्दा धेरै चामल तथा खाद्य सामग्रीहरु चेपाङ समुदायमा वितरण गरि सकेको छ ।

कार्यक्रमको सुरुवातमा इच्छाकामना २ मा नै रहेको आधारभुत बिधालय मायाटारलाई स्टेसनरी सामग्री हस्तान्तरण गरिएको थियो । सो स्टेसनरी सामग्री पनि धन अधिकारी कै आर्थिक सहयोगमा खरिद गरि बिधालयका प्र.अ पदम चेपाङ्को रोहबरमा हस्तान्तरण गरिएको थियो । सामाजिक ब्याक्तित्व धन अधिकारीले नेपालका विभिन्न ठाउँका बिपन्न बर्गलाई उल्लेख्य मात्रामा सहयोग पुर्याउदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !