चितवन । चितवनका वरिष्ठ पत्रकार बीरेन्द्रमणी पौडेल एमालेमा प्रवेश गर्नुभएको छ । चितवनको भरतपुर स्थाई घर भै चितवनलाई पत्रकारिताको मुलथलो बनाई काम गर्दै आउनु भएका वरिष्ठ पत्रकार पौडेल आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो ।    नेकपा एमाले भरतपुर महानगर कमिटीको भरतपुरमा आयोजित प्रथम अधिवेशन उद्घाटनको अबसरमा पौडेल एमालेमा प्रवेश गर्नु भएको हो । उहाँलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।   करिब ३ दशकदेखि पत्रकारितामा संलग्न पौडेल चितवनबाट प्रकाशित नारायणी टुडे मासिक पत्रीकामा अध्यक्ष तथा प्रधान सम्पादक हुनुहुन्छ । सो कार्यक्रममा पार्टी प्रवेश पछी बोल्दै पत्रकार पौडेलले अब देशको बिकास, निकास र समृद्धि तथा परिवर्तन एमाले पार्टीबाट मात्र संभव भएको भन्दै एमाले बिना देश बिकासको कल्पना समेत गर्न नसकिने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !