चितवन । गठबन्धनका ५ दल मात्रै नभई सबै दलसंग एमालेमा एक्लै लड्ने ताकत भएको अध्यक्ष केपी ओलीले बताउनु भएको छ । देश र जनताको लागि केहि गर्न नसक्ने गठबन्धन र त्यसका मतियारहरु निर्वाचनबाट पराजय हुने डरले गठबन्धनको मन्त्र जप्दै हिडेका बताउनु भयो ।  एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले एमाले देश बनाउन खोलेको पार्टी भएको बताउनु भएको छ । पार्टीका कार्यकर्ता हरुपनि केहि पाँउला र खाँउला भनेर हिड्ने नभई पार्टीलाई मजबुत बनाई सर्बहराको नेतृत्व स्थापितमा लागिपरेको बताउनु भएको छ ।

नेकपा एमाले भरतपुर महानगर कमिटीको आज भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चोईटिएर गएका २/४ जनाको झुन्डको नाम एकीकृत र दक्षिणपन्थीको बुई चढ्नेको नाम समाजबादी पार्टी भन्दा हास्यास्पद भएको बताउनु भयो । मतपत्र च्यातेर र धाँदलीबाट अब चुनाव जित्ने दिन सकिएको भन्दै एमाले अध्यक्ष ओलीले नेकपा एमाले अब फेरि पनि निर्वाचनबाट जनताबाटै अनुमोदित भइ बहुमत सहित सरकारमा जाने बताउनु भयो ।

सडकमार्गबाट चितवन आईपुग्नु भएका पार्टी अध्यक्ष ओलीलाई एमाले इच्छाकामना गाउँ कमिटीले मुग्लिन बजारमा भब्य स्वागत गरेका थिए । साथै अध्यक्ष ओलीले चितवनमा हुने एमालेको १०औं महाधिवेशनको उद्घाटन स्थल नारायणी किनारको समेत अबलोकन गर्नुभएको थियो । नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्याैपानेको अध्यक्षतामा भएको कार्यक्रममा  नगर कमिटी सदस्य टीका सुबेदीले मन्तव्य राख्नुभएको थियो भने नगर सचिव शंकर थपलियाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादल, एमाले केन्द्रीय सदस्य तथा प्रभावशाली नेता प्रभु शाह एमाले नेता तथा चितवन क्षेत्र नं.१ का साम्सद सुरेन्द्र पाण्डे, एमाले युवा नेता माधव ढुङेल, एमाले नेता तथा चितवन क्षेत्र नं.२ का साम्सद कृष्णभक्त पोख्रेल लगायतले आ-आफ्नो भनाई राख्नुभएको थियो । सो अबसरमा एमाले युवा नेता तथा जनवादी गायक अश्विन घिमिरेले जनबादी गित प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !