चितवन । नेकपा एमालेका स्थाई कमिटी सदस्य, बागमती प्रदेश इन्चार्ज  तथा पुर्व गृहमन्त्री रामबहादुर थापा (बादल)ले देश बुर्जुवाको नेतृत्वमा पुगेको बताउनु  भएको छ ।  देश राजनीति चक्रब्युमा फसेको बताउँदै उहाँले देशीविदेशीको तत्वको इसारामा देश बुर्जुवाको नेतृत्वमा पुगेकोले  यो सरकारले देशलाई अगाडि बढाउन नसकेको बताउनु भयो ।

नेकपा एमाले भरतपुर महानगर कमिटीको आज भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै एमाले नेता बादलले देशीविदेशी तत्वको ईसारामा देश परमादेश मार्फत अगाडी बढन पुगेको बताउनु भयो । नेपाली काङ्ग्रेस दक्षिणपन्थी अबसरबादको मुख्य पार्टी भएको बताउँदै माधव नेपाल र प्रचण्ड पनि त्यतैतिर लागेको बताउनु भयो । नेकपा एमाले सरकारबाट बाहिरीय पनि जनताको जन-जनको पार्टी एमाले भएकोले एमाले पुनः जनताबाट अनुमोदित भै आगामी निर्वाचनबाट छिटै सरकारमा पुग्ने समेत उहाँले बताउनु भयो । साथै उहाँले एमालेले मात्रै देशमा सबल नेतृत्व दिन सक्ने समेत पुष्टि गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !