चितवन  । नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु शाहले  बाचुन्जेल एमाले पार्टीलाई साथदिने बताउनु भएको छ । उहाँले देशको बिकास र निकास दिने पार्टी एमाले मात्र भएको बताउनु भयो ।
नेकपा एमाले भरतपुर महानगर कमिटीको आज भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले केपी ओली राष्ट्रियताको लागि देशको मेरुदण्ड नेता भएको बताउनु भएको छ । एमाले पार्टी र केपी ओलीनै राष्ट्रियता र देशको मेरुदण्ड र मुख्य पार्टी हो जसले राष्ट्रियता सहित हिमाल, पहाड, तराईको समग्र प्रतिनिधित्व गर्ने उहाले बताउनु भयो । देशमा एमालेको विकल्प नभएको भन्दै उहाँले आफू सधै एमाले मै रहेर जनताको सुख दु:खमा साथ दिने बताउनु भयो ।
उहाँले आगामी निर्वाचनमा एमाले देशकै सबैभन्दा ठुलो पार्टी बन्ने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !