नयाँ दिल्ली ।  भारतमा  कोरोना (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३ करोड ४२ लाख ६० हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३ सय १३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।
यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा १६१,५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या ३३,६४१,१७५ पुगेको छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस !