काठमाडाैँ । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि लागुहुनेगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस !