हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् । गठबन्धनमा आबद्ध माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान सामाजिक विकास, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल भौतिक पूर्वाधार र एकीकृत समाजवादीबाट कृष्ण खनाल आन्तरिक मामिला गरि तीन मन्त्रीले पनि सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस !