काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक  बस्दैछ।

आज दिउँसो २ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक सार्न आग्रह गरेको थियो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ।

 

प्रतिक्रिया दिनुहोस !