माडी । नेकपा एमालेको दोस्रो नगर अधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि चार जनाको दाबेदारी परेको छ । नगर अध्यक्ष पदका लागि रेशमलाल आचार्य, नारायण अधिकारी, रामेश्वर चौधरी र श्रीप्रसाद दवाडीको दाबेदारी परेको हो ।

नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत माडी नगर अधिवेशनको उद्घाटन सत्र सकिएको छ । एमालेको देशैभर पालिका अधिवेशन हुने सन्दर्भमा माडी नगरको दोस्रो अधिवेशन सञ्चालन भएको हो । पार्टीका नगर अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा माडी क्याम्पसको सभाहलमा सञ्चालित अधिवेशन कार्यक्रममा वडाबाट छानिएका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

कार्यक्रममा प्रमुखअतिथिका रुपमा एमाले केन्द्रीय सदस्य देवी ज्ञवाली र अतिथिका रुपमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरि सापकोटा, भरतपुर महानगर अध्यक्ष राम न्यौपाने, प्रदेश कमिटी सदस्यहरु पुरूषोत्तम न्यौपाने, केशव रेग्मी, सरस्वती बिष्ट र क्षेत्रीय अध्यक्ष श्याम बिष्टलगायतको उपस्थिति र सम्बोधन रहेको थियो ।

नगर अध्यक्ष पदका लागि बन्द सत्रमा वडाहरुबाट कोटा प्रणालीअन्तर्गत नगर प्रतिनिधिहरुको छनोट भएको र त्यसैबाट नगर कमिटी गठन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !