चितवन । नेकपा एमाले रत्ननगर नगर कमिटीको प्रथम अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि भोलि सम्मलाई स्थगित गरिएको छ । अध्यक्षमा इश्वरी प्रसाद अर्याल र प्रताप डल्लाकोटी, उपाध्यक्षमा लोकराज भूषाल,अशोक दराई, सीताराम पोखरेल र पुष्प जोशी, सचिवमा शिवराज सुवेदी र किशोर चन्द्र खनाल उप सचिवमा सागर मिश्र, अमित गुप्ता, अर्पणा तिवारी लगायत ८ जनाको उम्मेदवारी परेको छ । एमालेले एकताको अधिवेशन भन्दै सहमतिमा नगर नेतृत्व चयन गर्ने उद्देश्य लिएको छ । नगर कमिटी सर्वसम्मत चयनको लागि रत्ननगरमा जिल्ला सह इन्चार्ज कपिलदेव पोखरेल संयोजक रहेको अधिवेशन सहजीकरण कार्यदल बनाइएको छ । कार्यदलले मंगलबार दिन भरी प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि बुधवार सम्मलाई स्थगित गरिएको हो । यस अघि प्रथम नगर अधिवेशनको पार्टीका जिल्ला इन्चार्ज तथा प्रदेश सह इन्चार्ज काशिनाथ अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा पार्टीको जिल्ला अध्यक्ष पार्वती रावल, रत्ननगरका मेयर नारायण वन, पार्टीका रत्ननगर इन्चार्ज यादव पाठक, क्षेत्रीय कमिटी अध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला सचिव प्रकास खनाल लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !