चितवन । नेकपा एमाले कालिका नगर सचिबमा सुदर्शन अधिकारी सर्वसम्मत चयन भएका छन । आज खोलेसिमलमा भएको पार्टीको प्रथम अधिवेशनमा अध्यक्ष सहित पदाधिकारीमा १२ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केशव लामा र भिष्मप्रसाद खनालले उम्मेदवारी दिएका छन । उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा राधेश्याम खतिवडा, शिला बस्नेत, सरस्वती सापकोटा, दिपक लामिछाने र लेखबहादुर थापाको उम्मेद्बवारी रहेको छ । त्यस्तै उप सचिबमा नेत्रप्रसाद लामिछाने, सोमबहादुर खडका, रुदल महतो, सन्तबहादुर प्रजा र कमला चापागाईंको उम्मेद्बारी रहेको एमाले कालिकाका इन्चार्ज तथा कार्यदलका सदस्य टिकाराज रिजालले जानकारी दिए । आज सम्पन्न अधिवेशनले ७५ सदस्यीय नगर कमिटी गठन गर्ने छ । 

प्रतिक्रिया दिनुहोस !