काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । टोखा नगरकमिटीको प्रथम नगर आधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा जित हासिल गर्ने बताउनुभयो । जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने् भन्दै उहाँले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत् नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन गर्दा पार्टीको विधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभयो ।

१०औँ राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज देशभर एमालेको स्थानीय तहको अधिवेशन गर्दै छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १०औँ राष्ट्रिय महाधिवशेन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस !