काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो ।

प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !