काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको ब्यूरोका सूचना अधिकारी श्यामकुमार महतोले जानकारी दिनुभयो । उहाका अनुसार उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका हुन । काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ ।काठमाडौंस्थित युएनएचसीआरले गुपचुपरुपमा अफगानिस्तानका नागरिकलाई अस्थायी आश्रय दिएर राखेपनि प्रशासनले थाहा पाएको थिएन ।

ढिलो गरी सूचना पाएपछि गृह मन्त्रालयले आइतबार बेलुका भारतसँगको सीमा नाका लगायतबाट हुने शरणार्थीको गैरकानूनी आगमनलाई कडाइ गर्न मातहतका प्रशासनलाई निर्देशन दिएको थियो ।मन्त्रालयको निर्देशनपछि दक्षिणतर्फको सीमा नाकालाई कडाआइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगे पनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो ।यसअघि काँकडभिट्टाबाट ठूलो समूहमा बर्मेली रोहिंग्या शरणार्थीलाई मानव तस्करले काठमाडौं ल्याएको थियो । अध्यागमन र सुरक्षा प्रशासनले त्यसको सुइँकोसम्म पाएका थिएनन् । अहिले त्यसैगरी अफगान शरणार्थी बेलहियाबाट भित्रिएका हुन् । तालिवान सत्तामा आएपछि अफगान शरणार्थी नेपाल छिर्न सक्ने भन्दै सुरक्षा विज्ञहरूले सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पार्न र भारत हुँदै आउने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन सुझाव दिएका थिए । सीमा क्षेत्रमा तैनाथ अध्यागमन, सीमा प्रशासन, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका संयन्त्रको लापरबाहीले अफगान ‘शरणार्थी’ भारतको बाटो हुँदै भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस !