चितवन । सप्तगण्डकी क्याम्पस भरतपुरमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीको सक्रियतामा सञ्चालित आमसञ्चार क्लबको अध्यक्षमा श्याम विश्वकर्मा चयन भएका छन् । आज क्याम्पसमा भएको क्लबको चौंथो अधिवेशनले विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा अस्मिता घिमिरे, उपाध्यक्षमा बिकाश ढकाल, सचिवमा रबि रेग्मी, कोषाध्यक्षमा कल्पना चालिसे, सहसचिवमा पुजा ढकाल र सुष्मा गुरुङ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा समीर घिमिरे, प्रमिला तामाङ, विष्णु गौतम, विशाल अम्गाई, प्रतीक्षा मिश्र र रोमिन थापा रहेका छन् ।

साथै कार्यक्रममा स्नातक प्रथम, द्वितीय वर्षलाई स्वागत र स्नातक तृतीय वर्षलाई बिदाइ गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी क्याम्पस प्रमुख मणि राज महतो, सहायक क्याम्पस प्रमुखद्व्य टिकाराम देवकोटा, खेम दाहाल, पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष राधेश्याम खतिवडा, आमसंचार विषयका सहायक प्राध्यापकहरु मधुसूदन दवाडी, दिपेन्द्र अधिकारी, समाजशास्त्र विषयको प्राध्यापक लक्ष्मी पोख्ररेल र बीबीए तथा बीआइएम अनोज जोशीको उपस्थिति रहेको थियो ।

आमसंचार क्लबका निवर्तमान अध्यक्ष असल गैरेको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्याम विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !