काठमाडौँ । संविधानसभा सदस्य हिराबहादुर केसीले माधवकुमार नेपालले आफ्नो नाम दुरूपयोग गरेको बताएका छन । आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै केसीले आफू कहिल्यै पनि एमालेको विपक्षमा नरहेको र पार्टी विभाजनको खेलमा पनि नलागेको स्पष्ट पारेका छन । उनले आफू कहिले पनि पार्टी फुटको पक्षमा नलाग्ने र एमालेको विरूद्धमा हुने कुनै पनि गतिबिधिमा संलग्न नहुने बताएका छन ।

२०७० सालमा प्यूठानबाट संविधानसभामा सदस्यमा निर्वाचित भए केसीले आइतबार नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुगी त्यहाँ महासचिव सहितका नेताहरूसँग तस्बीर कैद गराएका छन ।

उनले प्यूठानबाटै एमालेको केन्द्रीय राजनीतिमा स्थापति भएका पूर्वमन्त्री मणिचन्द्र थापा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापासँग पार्टी कार्यालय बाहिर पनि तस्बीर कैद गराएका छन ।

 

प्रतिक्रिया दिनुहोस !