
गोरखा । नेकपा एमाले गण्डकी गाउँपालिका वडा नं.८ को अध्यक्षमा लाल बहादुर विसुराल चयन भएका छन् ।
आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा विसुराललाई सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा लव बहादुर भुजेल, सचिवमा भुपेन्द्र रेग्मी, सहसचिवमा सरिता कविता विसुराल र झंक कार्कीसहित १७ सदस्यीय कमिटी गठन गरेको छ ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।