
गोरखा । नेकपा एमाले गण्डकी गाउँपालिका वडा नं.७ को अध्यक्षमा कृष्ण प्रसाद रेग्मी चयन भएका छन् ।
आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा रेग्मीलाई सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा इन्द्र बहादुर बिक, सचिवमा शितल बाबू रेग्मी, सहसचिवमा सरिता घले र मन्जु रेग्मीसहित १७ सदस्यीय कमिटी गठन गरेको छ ।
सो कार्यक्रममा माओवादि र कांग्रेस परित्यग गरि २० जना युवा एमालेमा प्रवेश गरेका छ्न।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
यस्तै पंकज खनालको अध्यक्षतामा २६ सदस्यीय वडास्तरिय युवा संघको कमिटी गठन गरेको छ। जसको उपाध्क्षमा सुजन राउत, सचीवमा उज्वल मरहट्टा, सह सचीवमा सुलस गुरुङ र कोषाध्क्षमा विकास तिवारी रहेका छ्न ।