चितवन । नेकपा (एमाले) राप्ती नगरपालिका वडा नं. ०२ को अध्यक्षमा दुर्गा बहादुर सारु सर्बसम्मत चयन भएका छन । आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट सारु सर्वसम्मत चयन भएका हुन्। वडा कमिटी उपाध्यक्षमा सन्जय श्रेष्ठ , सचिव दिपेन्द्र थपलिया, उपसचिव निरमाया सिलवाल, शिला ल्वागुन र अन्य ३१ जना सदस्यहरु चयन भएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम राप्ती नगरपालिका वडा न-०२ अध्यक्ष श्यामसुन्दर उप्रेती को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेकपा एमालेको आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्। वडा अधिवेशनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्समार्फत सम्वोधन गरेका छन ।

प्रतिक्रिया दिनुहोस !