चितवन । भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा भरतपुर ११ नेकपा एमालेको वडा अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।
आज सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आचार्य दोस्रो कार्यकाल अध्यक्ष बनेका हुन ।
कमिटीको उपाध्यक्षमा लालमाया लामा,सचिवमा इश्वरी पण्डित,उपसचिवमा गणेश लामिछाने र गोकर्ण कार्की चयन हुनुभएको छ । अधिवेशनले ५१ सदस्सीय नयाँ कमिटी चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !