चितवन । नेकपा एमालेले चितवनको रत्ननगरमा सर्वसम्मात वडा कमिटी चयन गरेको छ । पार्टीको १०औं महाधिवेशन अन्तर्गत नगरको १६ वटै वडामा सर्बसम्मत वडा कमिटी चयन गरिएको हो ।

वडा नं १ को वडा कमिटी अध्यक्षमा दोपराज केसी,वडा नं २ को अध्यक्षमा रविन्द्र दुवाडी, वडा नं ३ को अध्यक्षमा केबल न्यौपाने,वडा नं ४ को अध्यक्षमा रामकृष्ण गिरी,वडा नं ५ को अध्यक्षमा कृष्ण महतो,वडा नं ६ को अध्यक्षमा रामचन्द्र सापकोटा,वडा नं ७ को अध्यक्षमा सुर्यबहादुर तामाङ,वडा नं ८ को अध्यक्षमा नवलकिशोर मर्दनीया चयन भएका छन् ।

त्यसैगरी वडा नं ९ को अध्यक्षमा लेखनाथ आचार्य, वडा नं १० को अध्यक्षमा एकबहादुर जिसी,वडा नं ११ को अध्यक्षमा कृष्ण घिमिरे,वडा नं १२ को अध्यक्षमा रामप्रसाद पाण्डे,वडा नं १३ को अध्यक्षमा अजित चौरेल, वडा नं १४ को अध्यक्षमा नबराज घिमिरे, वडा नं १५ को अध्यक्षमा आशिक तामाङ,वडा नं १६ को अध्यक्षमा बाबुराम श्रेष्ठ सर्वसम्मत चयन भएको नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए । वडा अधिवेशनले वडागत रुपमा नगर अधिवेशन प्रतिनिधि समेत छनौट गरेको छ । एमालेको नगर कमिटी अधिबेशन यही कार्तिक ९ गते देशभरका पालिकामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !