चितवन । नेकपा एमाले कालिका वडा नं.४ को अध्यक्षमा मकरमान श्रेष्ठ चयन हुनु भएको छ । आज सम्पन्न वडा कमिटीको अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको हो । सो अधिवेशनले वडा उपाध्यक्षमा राज कुमार अधिकारी, सचिबमा सरोज चौधरी र उप सचिवमा दिलमाया चौतारिया तथा देवराज चौधरीलाई चयन गरिएको छ ।

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन । वडा अधिवेशनलाई  पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो ।

बाढी पहिरो प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !