चितवन । नेकपा एमाले रत्ननगर वडा नं.१ को अध्यक्षमा दोपराज के.सी. चयन हुनु भएको छ । आज सम्पन्न वडा कमिटीको अधिवेशनबाट के.सी. सर्वसम्मत चयन हुनु भएको हो । सो अधिवेशनले वडा उपाध्यक्षमा राजु मालाकार, सचीवमा योगराज सुवेदी, उप- सचिबमा बाबुराम श्रेष्ठ र मीरा सापकोटा सहितको ३१ सदस्यीय कमिटी गठन गरिएको छ ।

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !