चितवन । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य काशीनाथ अधिकारीले एमालेसंग एक्लै चुनाव लड्ने तागत कुनै दलसँग पनि नभएको बताउनु भएको छ । काङ्ग्रेस होस या माओवादी सबै दलले एमाले संग चुनाव लड्न गाह्रो भएको स्विकार्दै गठबन्धनको नारा जप्न थालेका बताउनु भयो ।

 नेकपा एमाले १०औं जिल्ला अधिवेशन आयोजक कमिटी चितवनको तेश्रो पुर्ण बैठकका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश सह- इन्चार्ज तथा जिल्ला इन्चार्ज समेत रहनु भएका नेता काशीनाथ अधिकारीले हिजो र बिगतका भुमिकालाई बिर्सेर आजैबाट पार्टी मजबुत बनाउन लाग्न निर्देशन पनि दिनुभयो । पार्टीको वडा, नगर र जिल्ला अधिवेशनमा जुट्न अनुरोध गर्दै उहाँले आगामी स्थानिय, प्रदेश र केन्द्रीय निर्बाचनलाई समेत मध्यनजर गर्दै लाग्न निर्देशन दिनु भयो । आगामी सबै निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको समेत उहाले बताउनु भयो ।
बैठकका विशिष्ट अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्रेलले चितवनमा नेकपा एमाले सबैभन्दा ठुलो पार्टी रहेको र आगामी निर्वाचनमा चितवनका सबै तह र क्षेत्रमा एमाले बिजयी हुने बताउनु भयो । हिजोको एमाले भन्दा आज पार्टी झन मजबुत भएको बताउँदै बागमती प्रदेश अध्यक्ष पोख्रेलले पार्टीका अराजक, प्रतिक्रियाबादी र अबसरबादी मात्र पार्टीबाट बाहिरिएका बताउनु भयो ।
बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज कपिलदेव पोख्रेल, केन्द्रीय सदस्य तथा भरतपुर महानगर इन्चार्ज देवीप्रसाद ज्ञवालीले मन्तव्य राख्नु भएको थियो ।
बैठकमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य कृष्णभक्त पोख्रेलले पार्टीको स्थानिय पालिका अधिवेशनको निर्देशिकाको सन्दर्भमा आफ्नो भनाइ राख्नु भएको थियो । सोही बैठकमा पार्टी प्रदेश कमिटी सदस्य तेजेन्द्रबहादुर खड्का, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य बिष्णुहरि तिमिल्सिनाले मन्तव्य राख्नु भएको थियो ।
पार्टी जिल्ला अध्यक्ष पार्वती रावलको अध्यक्षतामा भएको सो बैठकले पालिका स्तरिय पार्टी सहजीकरण तथा एकता कार्यदल गठन गरेको छ ।
जस अन्तर्गत भरतपुर महानगरको संयोजकमा देवी ज्ञवालीलाई चयन गरेको छ । त्यसैगरि रत्ननगरमा कपिलदेव पोख्रेल, कालिकामा खुमनारायण श्रेष्ठ, राप्तीमा दावादोर्जे लामा, खैरहनीमा जेएन थपलिया, माडीमा सरस्वती विष्ट र इच्छाकामनामा नारायण अधिकारीलाई जिम्मेवारी दिईएको छ ।
विभिन्न ८ वटा महत्त्वपूर्ण प्रस्ताव पारित गर्दै सो बैठक सम्पन्न भएको छ । सो बैठकको संचालन जिल्ला पार्टी सचिव प्रकाश खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !