काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबार अपराह्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको बैठकले महाधिवेशन गर्ने स्थान टुङ्गो लगाउने बताइएको छ ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका अधिवेशनलगायत विषयमा छलफल हुनेछ ।

एमालेको यही कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !