काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजदूत लगायतका पदमा प्रधानन्याधीश र अन्य न्यायाधीशले पाउने भागको बारेमा जानकारी दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको निवासमा एक्लै पुगेका छन ।

यसै पनि विवादित बनिरहेका प्रधानन्यायाधीश राणालाइ थप विवादित तुल्याउन प्रचण्ड एक्लै राणाको निवासमा पुगेका हुन ।सत्तारुढ गठबन्धनका एक प्रमुख नेता प्रचण्डले बुधबार साँझ प्रधान न्यायाधीश राणसँग एक्लै भेटेका हुन । उनले त्यहाँ राणासँग राजदूत लगायतका पदमा पाउने भागको बारेमा जानकारी दिनुका साथै महाअभियोग र राजिनामाका सन्दर्भमा चलेका चर्चाको बारेमा राणालाइ ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्ड त्यही कम्पाउण्डमै रहेको प्रधान न्यायाधीशको निवासमा छिरेको सुरक्षा स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल,डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएको बताइएको छ ।

प्रधान न्यायाधीश राणाविरुद्ध कांग्रेस र माओवादी निकट वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले समेत महाअभियोगसम्म लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला सत्ता गठबन्धनका शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !