चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा बोलेरो गाडीले ठक्कर दिँदा चित्तल मरेको छ ।

भरतपुरबाट पूर्वतर्फ गइरहेको बा१०च २७९४ नम्बरको दूध बोक्ने गाडीले आज बिहान करिब साढे ८ बजे बाटो काट्ने क्रममा चित्तललाई ठक्कर दिएको थियो ।

अन्दाजी दुई वर्षको भाले चित्तललाई उक्त गाडीले ठक्कर दिएको र चालक र गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रण लिएको चितवन ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले जानकारी दिए ।

हाल चित्तल, गाडी तथा चालकलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको थापाले बताए । चालकलाई वन ऐनअन्तर्गत कारबाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !