रबि रेग्मी, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुदाँ ५ जना घाइते भएका छन्। मंगलवार दर्बुङबाट बेनिघाट जादै गरेको ना ४ च ७७३८ नम्बरको बोलेरो गण्डकी गाउँपालिकाको कुना गाउँ नजिकै ब्रेक फेल भइ दुर्घटना भएको घ्याल्चोक प्रहरी चौकीले जनाएको छ ।

दुर्घटनामा घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी लोड हुँदा बोलेरो दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । बलेरोमा १५ जना मानिस सवार थिए ।

बोलेरोको ब्रेक फेल भएपछि चालक राजु थापाले गाडीलाई भित्तामा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगाएका थिए।यहि सडकखण्डमा गत असोज २६ गते पनि जिप दुर्घटना हुदाँ https://www.kalikadainik.com/2021/10/12/49216/ गोरखाको गण्डकी गाउँपालिकामा जिप दुर्घटना: १४ घाइते, ३ जनाको अवस्था गम्भीर रहेको  थियो ।

प्रतिक्रिया दिनुहोस !