चितवन । राप्ती नगरपालिकाका उप-मेयर इमानसिंह लामा नेपालीहरुको महान पर्व दशैको बेलामा पनि बिरामीलाई हस्पिटल सम्म ल्याउन लैजान ब्यस्त हुनुभएको छ । गत वर्ष नेपालमा कोरोना महामारी सुरू हुँदा धेरैलाई यसका बारे खासै जानकारी थिएन । देश नै लकडाउनमा गएपछि सबै अन्यौलमा परे ।
बजार, यातायातदेखि सरकारी, गैरसरकारी कार्यालय सबै ठप्प हुँदा जनजीवन अस्तव्यस्त बन्न पुग्यो । एकातिर कोरोना महामारी बढ्दै थियो, अर्कोतिर विपन्न वर्ग खानबाटै बञ्चित हुँदै थिए । उपचारका लागि अस्पताल पुग्नै पर्ने बिरामीको हालत दिन-प्रतिदिन बिग्रँदै थियो । फोन गरेर बोलाउँदा एम्बुलेन्स ठाउँमा पुग्दैनथे। पुगिहाले पनि मनलाग्दी भाडा असुलेर बिरामी झनै उपचार गराउन नसक्ने अवस्थामा पुग्थे । त्यो समयमा आफ्नो कार्यक्षेत्रमा बिरामीका लागि साहरा बनेर उभिए राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा ।
यो कामलाई उनले अझै निरन्तरता दिइरहेका छन् । अघिल्लो बर्ष पनि लकडाउनको अवधिमा उनले यसरी नै जनताको सेवा गरेका थिए । त्यसबेलापनि दिर्घरोगी बिरामीहरुलाई निशुल्क अस्पाताल लाने ल्याउने जिम्मा उनले लिएका थिए । जनतासँग नजिक रहेका काम गर्न रुचाउने उनले अघिल्लो बर्ष ११७ जना दिर्घरोगीका बिरामीहरुलाई नियमित सेवा गरेका थिए ।
उनका अनुसार राप्ती नगरपालिकामा १ सय ६३ जना को हाराहारीमा दिर्घरोगीहरु रहेका छन । हामी सग कुराकानी गर्दै उप-प्रमुख लामाले भने यो दशैको बेलामा पनि ३-४ जनालाई हस्पिटलसम्म ल्याउने लाने गरिसकेको जानकारी दिए । उनले थपे ” दशैको बेला सबै आफ्नो घर परिबार सग रम्ने अनि रमाउने आशिर्वाद ग्रहण गर्ने बेलाको समयमा त्यस्ता बिरामीलाई सेबा गर्न पाउँदा आफू भाग्यमानी रहेको बताए ।
उप-मेयर लामाले आफै सबारी चलाएर बिरामीको घर-घरमा पुगेर हस्पिटलसम्म ल्याउने लाने गरेका छन । लामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एबम लुम्बिनी बिकास कोषका पुर्ब निर्देशक समेत हुन ।

प्रतिक्रिया दिनुहोस !