गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८  सिउरेनीटार बजारमा घरमा राखेको मोटरसाइकलमा बुधवार राती अज्ञात समूहले आगजनी गरेको छ । स्थानिय नवराज बिसुरालको बा.८५प.८१२२ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकलमा आगजनी गरेको हो । आगजनी बाट जलेर मोटरसाइकल पूर्ण रुपमा क्षति हुनुका साथै मोटरसाइकल राखेको घरको केही भागमा पनि आगोले क्षति पुगेको छ । आगजनीको आरोपमा शंकास्पद केही व्यक्ति नियन्त्रणमा लिइ अनुसन्धान थालेको घ्याल्चोक प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !