रबि रेग्मी, चितवन । चितवनमा प्रतिबन्धित विष्फोटक पदार्थ सहित एक जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २० चनौली बस्ने भारतको मोतिहारी जिल्ला प्रताप मठिया घर भएका बर्ष २९ को विकास शाह रहेका छ्न ।

प्रतिबन्धित विष्फोटक पदार्थ बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलिले शाहलाई असोज २१ गते कोठाबाट पक्राउ गरेको हो । साथै प्रहरीले उसको कोठामा खानतलासी गर्दा सानो पटका २०४४ पिस, रकेट पटका १०० पिस, झुरझुरे पटका १०० पिस र ठूलो खुर्सानी पटका २ प्याकेट बरामद गरिएको प्रहरी प्रवत्ता प्रनाउ नरहरी अधिकारीले बताए ।

पक्राउ परेको शाहलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !