चितवन। पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्करखादा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा बजारमा प्र ३–०३–००१प ८४८० नम्बरको मोटरसाइकल र प्र ३ -०३-००२ प ४८५ नम्बरको मोटरसाइकल आज बिहान ठक्कर खाएको थियो ।

दुर्घटनामा परि खैरहनी ८ निवासी बर्ष ४५ को चन्द्र बहादुर तिमिल्सीनाको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका तिमिल्सीनालाई उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परि अर्का मोटरसाइकल चालक खैरहनी ९ निवासी बर्ष २१ को सुशान्त भण्डारी गम्भिर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !